रुक्मिणीको साहसिक साईकल यात्रा

Posted by

२०७६, १७ कार्तिक आईतवार
चितवन : तिहारको भोलिपल्ट उधोग बाणिज्य संघका कार्यसमिती सदस्य तथा नेपाल बोटल उधोग संघका केन्द्रीय उपाध्यक्ष सोम प्रसाद काप्री,चितवन राइडर्स क्लबका कोषाध्यक्ष धर्मराज सापकोटा र अन्य राइडर्श क्लबका साथिहरुले नारायणगढबाट बिदाइ गरेपछि हाम्रो यात्रा नारायणगढ, मुग्लिङ ,धादिङ हुँदै जोगिमारा, कोट,हात्तिबाङ, उपरडाङगढीसम्मको यात्रा सुरु भयो । पहिलो दिन हामी नारायणगढ हुँदै मुग्लिङ , हुडिखोला ,जोगिमारा, कोट हुँदै हात्तीबाङ पुग्न सफल भइयो । हाम्रो यात्रामा ७ जना सदस्य रहेका थिए । यात्राको नेतृत्व चितवन राइडर्स क्लबका अध्यक्ष नवीन खरेलले गर्नु भएको थियो र सह–नेतृत्व भने सहकर्मी रामचन्द्र सुवेदी र केशव घिमिरेले गर्नु भएको थियो । अन्य साथी भाइहरुमा रोनिश कर्माचार्य,मनिश ,देवशिस थिए । हामी हात्तिबाङ करिब १३ घन्टाको राइडिङमा पुगेका थियौ त्यसैले हामी खाना खाएर केही बेर रमाइलो यात्राको गफ गर्दै सुत्न तिर लाग्यौ । भोलि पल्ट बिहान हामी चितवनको सबै भन्दा अग्लो पहाड सिराइचुली घुम्यौ । वरिपरिबाट हिमालै हिमाल हासिरहेको दृश्यले हामी सबैलाई मनमोहक बनायो । जङ्गल भरी गुराँसको रुख अनि थरी थरीका फुलले अझ वातावरणलाइ मनमोहक बनाइरहेको थियो । हामी करिब दुई घन्टाको बसाइ पछि तल हात्तिबाङ झयौँ । हात्तीबाङ नाम कसरी भयो भन्ने जिग्याशालाई मेटाउन हामी बसेको होटेलका बुबाले त्यही अगाडि हात्तिको स्वरुप भएको ढुङ्गा देखाउदै केही रोचक कथा सुनाउनु भयो । हामीले हात्तिबाङमा सरल स्वभावका,सोझा र मेहेनिती दिदी बहिनी ,दाजु भाई देख्न पायौँ । गाउँमा बिजुलिको पोल गाडेर पनि अहिले सम्म बिजुली बत्ती नआएको करिब २ बर्ष भएको रहेछ ।
हामी खाना खाएपछि केही बेर आराम गरि हाम्रो अर्को गन्तब्य कोट र उपरदाङगढी तिर लाग्यौँ । कोटमा केही बेर आराम गरेपछी हाम्रो साइकल उकालो ओरालो हुँदै हिमाल पारिका पहाड जस्तै देखिने नाङा पहाडलाइ छिचोल्दै सुन्दर गाउँबस्ती हुँदै करिब बेलुकाको ७ बजे हामी उपर्दाङगढी पुग्न सफल भयौँ । केही बेर हामी आराम गरेपछी खाना खाई रमाइलो गफ गर्नतिर लाग्यौँ । भोलि पल्ट बिहान हामी ऐतिहासिक स्थल गढिमा र गाउँघरतिर केही बेर घुम्यौँ । करिब हामी ११ बजे खाना खाइ केही बेर आराम गरि करिब १२ बजे शक्तिखोर हुँदै नारायणगढ पुग्यौँ । हाम्रो ३ दिनको यात्रा अतिनै रमाइलो भएको थियो । हाम्रो यो यात्रालाई भावनात्मक रुपमा विभिन्न संघ सस्था तथा ब्यक्तिहरुले सुभकामना दिएका थिए ।


विशेष गरेर हाम्रो यात्रामा जानु भएका सबै रमाईला , सहयोगी साथिभाईहरुलाइ बिशेष धन्यबाद दिनचाहन्छु र त्यस्तै धन्यबादको पात्र सहकर्मी दिनेशलाल चुके पनि हुनुहुन्छ । उहाबाट हामिले धेरै जानकारी पाउन सफल भयौँै ।।
अर्को बिशेश धन्यबाद मैले मेरो सबै घरपरिवारका सदस्यहरु आमा , मेरो देवर देवरानी मनोज घिमिरे,इन्दिरा घिमिरे र मेरा छोराहरु र मलाइ हौसाला दिने सबै दियालो टोल बिकास सस्थाका सदस्यहरुलाइ दिन चाहन्छु । उहाँहरुको हौसला र सहयोगले हामी हाम्रो यात्रा जारी राख्न सकेका छौ । बिदेशमा बसेर पनि हामीलाइ हौसाला र सहयोग गर्ने दाजु,भाउजू,दिदी,भिनाजुलाइ हृदय देखि नमन गर्न पनि चाहन्छु ।


अति बिशेष धन्यबाद स्मल हेभन मोडेल स्कुलका डाइरेक्टर राम प्रसाद भट्ट, प्राचार्य बिमल क्षेत्री , अनि सह– प्राचार्य अन्जना कन्डेल र सबै स्कुलका शिक्षक , शिक्षिकालाई दिन चाहन्छु । सबैको साथ र सहयोगले साइकलको दुनियामा म यहासम्म आउन सफल भएको छु । मेरो लक्ष्य खाली साईकल चलाउनु नभई केही शिक्षा समाजलाइ छोड्नु पनि हो । हामिले दैनिक जिबनमा साईकल केही समय चलाउदा पनि हाम्रो स्वास्थ र बाताबरणलाई सकारात्मक अशर पर्नेछ । अब नेपाल सरकारले पनि बाटो घाटो बनाउदा साइकल लेनलाई पनि बिशेश प्राथमिकता दिनु पर्छ । साइकल चलाएर स्कुल तथा कलेज पढ्न आउने बिद्यार्थीलाई पनि बिशेश छुट र हौसाला दिनसकेमा हाम्रो चितवन र पुरै देश साइकलको देश भनेर चिनिनेछ ।
आउदै गरेको पर्यटन बर्ष २०२० हामी सबै नेपालीहरुले चाडबाड जस्तै गरेर मनाऔँ । सबै आन्तरिक तथा बाहिरका पर्यटकलाई मीठो र राम्रो व्यवहार गरौ । हाम्रो देश कृषि प्रधान होइन सरकार, स्थानिय सरकार तथा महानगर पालिका र नगरपालिका र सबै जन मिलेर गर्यौ भने सन्सारको पहिलो गन्तव्यको देश बन्नेछ ।
अघिल्लो यात्रा
नारायणगढ –मुस्ताङको मुक्तिनाथ
गत असोज २१ गते नारायणगढ –बन्दिपुर र नारायणगढ

हाम्रो अर्को यात्रा
पशुपति – शिन्धुलिगढी –जनकपुर
नारायणगढ –माथिल्लो मुस्ताङ
नारायणगढ – लुम्बिनी
नारायणगढ – रारा ।।
जय देश,जय नेपाल अनि जय साइकल ।

लेखरुक्मिणी सापकोटा घिमिरे (स्मल हेभन मोडल स्कुलकी शिक्षिका)