सुदिप देवकोटा
चितवन भाद्र २४, २०७६-
चितवन, भदौ २४, देश दुनियाको आवाज रेडियो प्रभाब ९२ दशमलब ४ मेगाहर्ज आज देखि तेस्रो बर्षमा प्रवेश गरेको छ । पश्चिम चितवनको भूमिमा रेडियो प्रभाब २०७४ साल भदौ २४ गते स्थापना भएको हो । रेडियो तेस्रो बर्षमा प्रवेश गरेको अबसरमा रेडियोका अध्यक्ष बिजय बहादुर घलेले एक बिज्ञप्ति जारी गदै रेडियो प्रभाब को यस गौरबमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नु भएको छ । बिज्ञप्तिमा श्रोताको चाहना अनुसार कार्यक्रम प्रशारण गर्नु नै रेडियोको सर्बोपरी उद्देश्य भएकोले आगामी दिनहरुमा पनि श्रोताको चाहना अनुरुप अगाडी बढ्ने प्रतिबद्दता जनाईएको छ ।
समाचार गित संगित अनि मनोरन्जनको एउटै विकल्पको रुपमा रहेको रेडियो प्रभाबले गुणस्तरीय र श्रोता लक्षित कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आईरहेको छ । यस अवसर मा अध्यक्ष धलेले रेडियोलाइ अझै श्रोता प्रति जिम्मेबार र उत्तरदायि बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विज्ञप्तीमा रेडियो कुनै ब्यक्ति बिशेष वा राजनैतिक दलको पक्षपोषण गर्न नभइ आम नागरीकको साझा आवाज बनेर अगाडी बढीरहेको जनाइएको छ ।
निरन्तर रुपमा रेडियोले उत्कृष्ट कार्यक्रमहरु प्रशाारण गर्दै जाने रेडियोका प्रबन्ध निर्देशक निर्मल अधिकारीले विश्वास व्यक्त गर्नूभएको छ । साथै उहाले नेपाल सरकारको सुखि नेपालि समृद्ध नेपाल अभियानलाई सार्थकता तुल्याउन रेडियोे प्रयासरत रहिरहेको समेत उल्लेख गर्नुभयो । सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, खेलकुद, कृषि,साहित्य , सामाजिक विकृति र दुर्व्यसनी विरुद्ध का कार्यक्रम आदि उत्पादन गरि समाजलाई केही हदसम्म सूचित गराइएको रेडियोका स्टेशन म्यानेजर अपिल घिमिरेले बताउनुभयो। साथै उहाले मनोरञ्जनात्मक कार्यक्रमहरु निर्माण गरेर स्रोताहरुलाई सन्तुष्टी पार्न प्रयासरत रहिरहेको उल्लेख गर्नुभयो ।
उहाले समाजमा रेडियोले उद्घोषण , तालिमहरु प्रदान गर्दै दक्षजनशक्ति उत्पादन गर्नुका साथै व्यक्तित्व विकास को अवसर पनि प्रदान गरेको जानकारी दिनुभयो ।