आज ५७ औ रेडक्रस स्थापना दिवस,पटिहानीमा डेंगु बिरुद्ध सचेतना र्याली

Posted by

सुदिप देवकोटा

चितवन, पटिहानि भदौ १९ ।

आज ५७ औ रेडक्रस स्थापना दिवस,पटिहानीमा डेंगु बिरुद्ध रेडक्रस उपशाखा पटिहानीको आयोजनामा सचेतना र्याली सम्पन्न गरियको छ । देशभर डेंगुको महामारी फैलिरहेको भन्दै प्रभात फेरिको आयोजना गरिएको हो । पटिहानी बजारबाट बिहान सुरु गरिएको र्यालीले २२ नम्बर वार्ड कार्यालय हुँदै धनौजी ,पकौडी,कुमिया हुँदै पुन:पटिहानी बजार आइ समापन भएको थियो ।

This image has an empty alt attribute; its file name is 69846904_896314077403913_7951449933507198976_n.png

कार्यक्रममा सचेतना नारा सहितका प्ले कार्ड बोकेर आयोजक , पटिहानी स्वास्थ्य चौकीका कर्मचारी विभिन्न बिध्यलायाका बिद्यार्थी ब्राइट स्टार स्काउट ,गोल्डेन टाइगर युवा क्लब,टोलसुधार संस्था,आदिको बाक्लो उपस्थिति जनाएका थिए । प्रदेश नं ३ का संसद माननीय रामलाल महतो ,जिल्ला समन्वय समितिका सदस्य सित पुन, २२ नम्बर वार्डका वडाध्यक्ष विष्णुराज महतो लगायतको समुपस्थिति रहेको थियो । कार्याक्रममा सहभागी सबैलाई रेडक्रस उपशाखा पटिहानी का सभापति कुमार प्रसाद थपलियाले धन्यवाद ब्यक्त गर्नुभएको थियो। बिक्रम सम्बत २०२० साल आजकै दिनमा नेपालमा रेड्क्रसको स्थापना भएको को दिन हो। विश्वमा प्रेममय भावना बिकाश गर्न माया दर्शाउ भन्ने नाराको साथ यो दिवस मनाइदैछ ।

This image has an empty alt attribute; its file name is 69474247_529527301140382_4649791822975991808_n.png

अहिले सम्म डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिनुभयो ।

दुवै रोगको सङ्क्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताउनुभयो । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेको उहांँको भनाइ थियो ।