रेणु दाहाल द्वारा भरतपुर बहुप्राबिधिक शिक्षालय प्रशासनिक भवन शिलान्याश

Posted by


अपिल घिमिरे,जगतपुर ,३० मंगसिर
पश्चिम चितवनको भरतपुर २३ कृष्ण चोकमा भरतपुर बहुप्राबिधिक शिक्षालयको प्रशासनिक भवन शिलान्याश गरिएको छ।
सोमवार एक कार्यक्रमका बिचमा भरतपुर प्रमुख रेणु दाहालले सरस्वती माध्यमिक विद्यालयले प्रदान गरेको ३ बिगाहा जग्गामा भवन शिलान्याश गरेकी हुन्। कार्यक्रममा महानगर प्रमुख दाहालले प्राबिधिक शिक्षा संचालनमा आएपछि सीपयुक्त जनशक्ति उत्पादन हुने मा बिश्वाश लिएको बताइन। प्रमुख दाहालले महानगर भित्र शिक्षालय संचालनमा ल्याउन निकै पहल गर्नु परेको स्मरण गर्दै नगरवासीलाई बधाई दिएकि थिइन्। महानगरको समृद्दिको यात्रामा सबैको सकारात्मक भूमिका रहेको मा आफु खुसि भएको र केहि नकरात्मक सोच लिनेहरु पनि महानगरको बिकाश देखेर चकित पर्ने गरेको उल्लेख गरिन। मापदण्ड सहितका चिल्ला र फराकिला सडक ,लिंक रोड, रिङ्ग रोड ,क्रिकेट रंगशाला,इञ्जिनियरिङ्ग कलेज स्थापना लगायतका योजना हरुले महानगर मा विकाशको लहर नै आएको दाहाल को भनाइ रहेको थियो।


कार्यक्रममा भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले पश्चिम चितवन पर्यटनको हब बन्दै गएको अवस्थामा शिक्षालयमा संचालन हुने होटल म्यानेजमेन्ट को बिषय प्रभावकारी हुने बताए। भरतपुर २४ का वडाध्यक्ष कान्छा मल्लले ओझेलमा परेको पश्चिम चितवन लाइ काया पलाट नै पारिदिने गरि योजनाहरु परिरहेको मा उत्साहित बनेको बताए। भरतपुर २५ का वडाध्यक्ष बिजय भुजेलले प्राबिधिक शिक्षालयमा स्थानीयले आफ्ना छोराछोरी भर्न गर्न आग्रह गरे। दिवाकर प्राविधिक शिक्षयालय का प्रमुख उपेन्द्र पोखरेलले आगामी कार्यक्रम हरुको सफलताको कामना गर्दै स्थानीयको सहयोग अनिवार्य हुनेमा जोड दिए।


भरतपुर बहुप्राबिधिक शिक्षालय का प्रमुख बज्रमोहन पौडेलले हालसम्म ४० जाना पूर्ण छात्रवृत्तिका विद्यार्थी भर्ना भएको जनाए। प्रमुख पौडेलले यहि पौष १२ गते बाट होटल म्यानेजमेन्ट को कक्षा हरु संचालनमा आउने जानकारी समेत गराए। सामाजिक विकाश मन्त्रालय बागमती प्रदेश सार्वजनिक निर्माण कार्यन्वयन इकाई को १ करोड ३ लाख पचास हजार को सहयोगमा आठ कोठे आर सी सी भवन बन्न लागेको निर्माण समितिका संयोजक टेकराज पोखरेलले जानकारी दिए।आगामी २०७८ बैशाख मशांत सम्ममा प्रशासनिक भवन निर्माण सम्पन्न हुने लक्ष्य रहेको सयोजक पोखरेलले बताए। कार्यक्रम भरतपुर २३ का वडाध्यक्ष नारिनारायण पौडेलको सभ्पतित्वामा संपन्न भएको थियो।