चितवन माघ २५, आइतबार-
चितवन राष्ट्रिय निकुञ्जको लामिचौर पोष्टमा कार्यरत रहेको वर्ष ४५ को संखर प्रसाद नामको हात्तीको माघ २२ गते मृत्यु भएको छ । एक दिन अगाडि बिरामी परेको संखर प्रसादको उपचारको क्रममा मृत्यु भएको हो । हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार उक्त मृत हात्तीको पूजापाठ गरि अन्त्येष्टि गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । यो सहित आ.व. ०७७/०७८ मा चितवन राष्ट्रिय निकुञ्जको ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले रेडियो प्रभावलाइ जानकारि दिनुभएको छ ।
यसै गरि यस निकुन्जको कोर इलाका बगाइ माडी सेक्टर अन्तर्गत घागर भन्ने स्थानमा माघ १३ गते सडेगलेको अवस्थामा अन्दाजी ४० बर्षको गैडा मृत अवस्थामा भेटियको छ। सो गैडा प्राकृतिक कारण मरेको निकुञ्जले अनुमान गरेको छ। यो गैंडा सहित चालु आर्थिक वर्षमा निकुञ्जले २३ वटा गैडा गुमाउन पुगेको छ ।