रोटरी क्लव अफ भरतपुर द्धारा आधारभूत बिद्यालय कन्चनवस्ती (१-५)भरतपुर २१ का बिद्यार्थी हरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण

Posted by

पौष ०३, पार्वतिपुर,अपिल घिमिरे,
रोटरी क्लव अफ भरतपुर को समन्वय तथा आयोजनामा शुक्रवार आधारभूत बिद्यालय(१-५) कन्चनवस्ती भरतपुर २१ का बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिएको छ। प्रमुख अतिथि भरतपुर महानगरपालिका वार्ड नम्बर २१ का वडाध्यक्ष चित्रशेन अधिकारीले कक्षा पाँच का बिद्यार्थी लाइ सामग्री वितरण गरि कार्यक्रमको सुरुवात गरेका थिए। उक्त कार्यक्रम बाट बिद्यार्थीहरुले एक एक सेट ट्रयाक शुट,स्कूल ब्याग,कपि,पेन्सिल ,इरेजर र पेन्सिल कटर प्राप्त गरेका थिए। बिद्यालयमा अध्यनरत १०० जना बिद्यार्थी हरुका लागि सामग्री वितरण गरिएको रोटरी क्लब भरतपुरका सचिव भुपेन्द्र वस्नेत ले जानकारी दिए। उक्त कार्यक्रमबाट बिद्यार्थीहरुले एक एक सेट ट्रयाक शुट,स्कूल ब्याग,कपि,पेन्सिल ,इरेजर र पेन्सिल कटर प्राप्त गरेका थिए। सामग्री वितारंका लागि हेल्प नेपाल नेटवर्क, सिड्नी अष्ट्रेलिया ,ओजस्कारा विल्डर्स ,भरतपुर र टिम्बर क्राफ्ट प्रा ली ले सहयोग गरेका थिए। कार्यक्रम बिद्यालय का व्यवस्थापन समिति का अध्यक्ष बाबुराम तिमिल्सिना को सभापतित्वामा सम्पन्न भएको थियो।