रोल्पामा कांग्रेस उम्मेदवार एवम् सिंचाई राज्यमन्त्री अमरसिंहलाई लक्षित गरी बम विष्फोट

Posted by

रोल्पा, कात्तिक ३० —
सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पामा सुतली बम विष्फोट गराइएको छ ।सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका–२ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा पहिचान हुन नसकेको समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम विष्फोट गराएको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । विष्फोटबाट कुनै क्षति भने भएको छैन । उक्त क्षेत्रमा अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।विष्फोटको घटनापछि राज्यमन्त्री पुनले जुनसुकै समूहले गराएको भए पनि यस्ता घटनाले कसैलाई फाइदा नहुने भन्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धीत समूहलाई आग्रह गर्नुभएको छ ।