रोल्पा अस्पतालमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

Posted by

जेठ ७, २०७७ दाङ : जिल्ला अस्पताल रोल्पाको आइसियुमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। गत सोमवार मृत्यु भएका युवाको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। यस्तै, प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पातल , स्वास्थ्य कार्यालय दाङ, दाङमा रहेका क्वारेन्टाइनबाट संकलण गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परीक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका  कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए।  प्रतिष्ठानमा मंगलबारसम्म ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ। ती मध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र दुईजनाको पोजिटिभ आएको प्रतिष्ठानले  जानकारी दिएको छ।