लकडाउन ७ देखि १० दिन थप्ने तयारी,निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने

Posted by

काठमाडौं,बैशाख २-

सरकारले वैशाख ३ गतेपछि पनि लकडाउन थप्ने तयारी गरेको छ। कति दिन थप्ने भनेर मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुनेछ । ‘कम्तिमा ७ देखि १० दिन सम्म लकडाउन थप्ने सरकारको तयारी छ । पछिल्लो अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ। ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने स्रोतले बताएको छ ।