वेलशहर सामुदायिक वनमा भ्यु टावर बन्दै

Posted by

भरतपुर १३ गंगानगर , जेष्ठ २०७७

शिव खनाल चितवन, वेलशहर मध्यवर्ती सामुदायिक वनको सीमलगैरीमा पर्यटक लक्षित भ्यु टावर निर्माण शुरु गरिएको छ। पटिहानी उपभोक्ता समितिको रु दुई लाख पचास हजार र सामुदायिक वनको रु पाँच लाखको आर्थिक लगानीबाट कार्य शुरु गरिएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर रानाभाटले बताएका छन्। चालिस फिट अग्लो टावर बाट चितवन राष्ट्रिय निकुञ्ज,राप्ती नदी क्षितामाइ(सीतामाइ)साथै विभिन्न प्राकृतिक दृश्यावलोकन गर्न सकिने छ। पहिलो चरणमा आठ फिट अग्लो बन्ने टावरको निर्माण जारी रहेको छ।