वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न

Posted by

माघ २३, पार्बतीपुर
रेडियो प्रभाव ९२.४ मेघाहर्जको आयोजनामा शुक्रबार वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लकडाउनको समयमा रेडियोले सञ्चालन गरेको एस.ई.ई पाठशालामा सहभागि भई बिधार्थीहरु लाई शिक्षित बनाउने कार्यमा जुटनुभएका शिक्षकहरुलाई सम्मान गरीएको हो । मामा भान्जा पार्टि प्यालेसमा भएको कार्यक्रममा अन्नपुर्ण माध्यमिक बिधालय पार्बतीपुरका प्राचार्य बटुकलाल तामाङ, जनज्योति माध्यमिक बिधालय अमृतनगरका बिज्ञान शिक्षक नवराज पोख्ररेल र श्री माध्यामिक बिधालय गगांनगरकी शिक्षिका पुष्प कडरीया सम्मानित हुनुभएको हो । कोरोना कहरले बिधार्थीमा परेको प्रभाव शिर्षक राखिएको वक्तृत्वकला प्रतियोगितात्मक कार्यक्रममा प्रमुख अतिथि भरतपु २१ का वडाध्यक्ष चित्रशेन अधीकारी रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथी अधीकारीले बालबालिकाहरुभित्र रहेको प्रतिभाको खोजी गरि प्रोत्साहन गर्ने, बौद्धिक एवं सिर्जनात्मक क्षमताको विकास गर्ने र कोरोनाबाट प्रभावित भएको बालबालिकाको शिक्षालाई थप सकृय बनाउन प्रतियोगिता महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रमका सभापति प्रभाब मिडियाका अध्यक्ष तथा बरीष्ट समाजसेवी बिजय बहादुर घलेले रेडियोले शैक्षिक गतिविधिहरुलाई निरन्तरता दिइरहेको कुरामा जोड दिँदै आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । रेडियोको सामाजिक तथा शैक्षिक विकास कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिताको आयोजना गरीएको रेडियोका प्रबन्ध निर्देशक निर्मल अधिकारीले जानकारी दिनुभयो ।

रेडियोका स्टेशन म्यानेजर अपिल घिमिरेको स्वगत मन्तव्य बाट सुरु भएको प्रतियोगितामा अन्नपुर्ण माध्यमिक बिधालयकि छात्रा आकृती सापकोटा प्रथम, ल्वु वर्ड ईङलीस स्कुल जगतपुरकि छात्रा सुवेच्छा पौडेल द्धितीय, मदरल्याण्ड ईङलीस स्कुल शुक्रनगरी छात्रा तृतीय हुदाँ ज्ञानज्योती ईङलीस स्कुल शिवनगरकी छात्रा रिस्मा गुरुङ र न्यु भिजन ईङलीस स्कुल गुञ्जानगरका स्वप्नील अधीकारीले सान्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताको निर्णायकको रुपमा प्रध्यापक तथा कवि एव्म साहित्यकार भुपिन व्याकुल, प्रध्यापक एव्म साहित्यकार शान्ति शर्मा र रेडियोका स्टेशन म्यानेजर अपिल घिमिरे रहनुभएको थियो । कार्यक्रममा पश्चिम चितवनका २६ ओटा बिधालयका प्रचार्य, शिक्षक तथा बिधार्थीहरुको सहभागिता रहेको थियो ।