वन र वन्यजन्तुको महत्व शिर्षकमा निवन्ध प्रतियोगिता सम्पन्न

Posted by

३ बैशाख,पटिहानी

पटिहानी को आधारभूत विद्यालय धनौजीमा शुक्रवार संरक्षण सम्वन्धि निवन्ध प्रतियोगिता सम्पन्न गरिएको छ। प्रतियोगिता बाट सोहि विद्यालयमा अध्ययनरत कक्षा आठ का छात्र समिर आलम र छात्रा सिमा चौधरी क्रमशस् प्रथम र द्वितीय भएका छन्।
२६ औं विश्व वन्य जन्तु सप्ताह बैशाख (१ देखि ७ ) को अवसरमा सप्ताहको तेश्रो दिन राप्ती नदि तटीय क्षेत्र सरसफाई आभियनको आयोजनामा बाघ गैंडा संरक्षण पाठशाला अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो। वन र वन्य जन्तुको महत्व बिषयको शिर्षकमा १३ जना सहभागीहरुले निवन्ध लेखेका थिए।प्रतियोगितालाइ शुभकामना दिंदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि मित्र लाल बोटले विद्यार्थी जीवन देखि नै वन,वन्य जन्तु को महत्व बुझेर यिनीहरुको संरक्षण गर्न तथा संरक्षण कार्यहरुमा सहभागी हुन बिद्यार्थी हरुलाई आग्रह गर्नु भयो। विद्यालयका प्रधानाध्यापक चिरन्जीवी दवाडीले वातावरणीय सरसफाई ,वन क्षेत्र र खोलानाला सरसफाई गर्न सके साथै चोरीशिकारी नियन्त्रण हुन सके वन्यजन्तु जोगिने वताउनु भयो।संरक्षणकर्मी अपिल घिमिरे ले जथाभावी गरिने जंगल फडानी ,डढेलो अदिले वन्यजन्तुको वासस्थान नष्ट हुँदै गएको,मानव चाप ले वन्य जन्तुको आनिवानीमा असर पुगेको ,चरण क्षेत्रको कमी भएको साथै , खोला हरु सुक्नु,नदीमा फोहोर मिसिनु,जंगलका ताल ,पोखरी सिमसार क्षेत्र सुक्नु ,स्थानीयहरुमा वन्य जन्तुको आवस्यकता वारे चासो नहुनु आदिका कारण वन र वन्य जन्तु जोगाउन चुनौती रहेको वताउनु भयो।विद्यार्थीहरुमा संरक्षण सम्वन्धि चेतना जगाउन मद्दत पुग्ने हुनाले यो प्रतियोगिता आयोजना गरिएको घिमिरेले वताउनु भयो।
निवन्ध प्रतियोगिताका विजयीहरुलाई आजै पुरस्कार प्रदान गरिएको थियो। वन्यजन्तु संरक्षण मा सहकार्य ,समन्वय र सह अस्तित्व भन्ने नारा का साथ २६ औं विश्व वन्यजन्तु विभिन्न कार्यक्रम गरि मनाइदैछ।