वन र वन्य जन्तु हिड्ने इलाकामा नियमित सरसफाई हुनुपर्नेमा चितवनका संरक्षणकर्मीको जोड

Posted by

मंसीर २० , शनिबार  चितवन ।

चितवनका संरक्षणकर्मीले वन र वन्य जन्तु हिड्ने इलाकामा सरसफाई नियमित हुनुपर्नेमा जोड दिएका छन । वन्यजन्तु मर्नेकारण निकुञ्ज र राप्ती नदीमा फालिएका प्लाष्टिक तथा वोतल र पानी प्रदुषण भएका कारण सरसफाई अपरिहार्य भएको बताएका हुन ।
राप्ती तटीय सरसफाई अभियान मध्यवर्ती क्षेत्रले आज पटिहानीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा वन्यजन्तु हिड्ने करिडोरमा सरसफाई नगरे प्राकृतिक कारणले बन्यजन्तु मर्ने खतरा बढ्दै गएको बताए ।
कार्यक्रममा बोल्दै सरसफाई अभियान्ता तथा कार्यक्रमका संयोजक अपिल घिमिरेले फोहोर र प्रदुषणका कारण दुर्लभ वन्य जन्तु मर्दै जाने बताए । विगत ४ बर्ष अघिदेखि सरसफाई अभियानलाई निरन्तरता दिएपनि यसमा कमी नआएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘अहिले वनभित्र प्लाष्टिक र वोतलहरु भेटिन्छन ,उनले भने यसको न्यूनिकरण र निर्मलीकरण कसरी हुन्छ भन्ने हाम्रो चिन्ता हो ।’
सामुदायिक वन र चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्यटकले जथाभावी त्यस्ता वस्तुहरु फाल्दा वन्यजन्तु विरामी र मर्ने गरेको संरक्षणकर्मी को भनाई थियो ।
सरक्षणकर्मी देवराज पौडेलले मानव र वन्यजन्तु एकअर्काको परिपुरक रहेको भन्दै वन्यजन्तुबाट जोगिन र वन्यजन्तुलाई जोगाउन चुनौति थपिएको बताए । सरक्षणको लागि वन्यजन्तुको वासस्थान र आहारा पर्याप्त हुनुपर्ने भन्दै उनले सरसफाई पनि अपरिहार्य भएको उनको भनाई थियो ।
बेलशहर सामुदायिक वनका उपाध्यक्ष नवराज सुवेदीले वन्य जन्तुको संरक्षणका लागि आफूहरु लागेपनि खासै उपलब्धी नभएको उल्लेख गरे । संरक्षण गर्न सरसफाई पनि हुनुपर्ने भन्दै उनले हरेक टोलटोल , घरघरमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।
पर्यटन व्यवसायी ऋषि न्यौपानले चितवनकाृ पर्यटन वन र वन्यजन्तु रहेकोले संरक्षणको विकल्प नरहेको बताए । पछिल्लो समय गैंडा मर्ने र मारिनेक्रम बढेको भन्दै उनले वनमा आश्रित वर्ग समुदायलाई आर्थिक आय आर्जन खोज्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सरक्षणमा निकुञ्जको मात्र दायित्व नभई हरेक समुदायको पनि उत्तिकै दायित्व रहेको बताए । ‘संरक्षण भन्ने कुरा निकुञ्ज एक्लैले पनि गर्न सक्दैन , उनले भने एकातिर पर्यटन प्रर्वद्धन विकास भन्नुहुन्छ अर्कोतिर संरक्षण भन्नुहुन्छ । यो कसरी सम्भव छ ?’
दुबैकुरा एकैपटक प्राप्त नहुने भन्दै उनले यहांँको पर्यटन विकासका लागि संरक्षणनै पहिलो प्राथमिकता हुने बरालले बताए । मानव र वन्यजन्तुको द्धन्द्धको बिषयमा बोल्दै उनले साना तिना भौतिक क्षति स्थानीयले सहनुपर्ने बताए ।
कार्यक्रममा संरक्षणकर्मी तथा स्थानीय वासुदेव सापकोटा, सुदीप सुबेदी, शंकर महत्तो संजीव सिंह विश्वकर्मा, टेकबहादुर क्षेत्री लगायतले संरक्षण संँगै पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा निकुञ्जमा रहेको बटुकदलका गणपति अरुण श्रेष्ठ, वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महत्तो, संरक्षणकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो ।

No description available.