वाघ गैंडा संरक्षण पाठशालाको चौथो अंक सम्पन्न,पाठशालाबाट स्थानीय लाभान्वित

Posted by

भरतपुर,चैत्र ३,
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान ले आयोजना गरेको वाघ गैंडा संरक्षण पाठशालाको चौथो अंक मगंलबार सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यबर्ति आसपासका स्थानीयलाई लक्षित गरि पाठशाला सञ्चालनमा ल्याइएको हो । दैनिक घास दाउरा गर्दा असुरक्षित महसुस गरेका स्थानियले बन्यजन्तु बाट जोगिन र वन्यजन्तु लाई जोगाउने उपाय बारे पाठशालाबाट शिक्षा प्राप्त गरेका छन् ।

राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान र बेलशहर मध्यवर्ती सामुदायिक वनको समन्वय एवं प्रकृति संरक्षण शिक्षालय कसराको प्रवर्दनमा भएको पाठशालामा नेपाली सेनाका उपसेनानी सुरज बाँनियाले संरक्षण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । भरतपुर १३ स्थित क्षितामाईमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वनको भवनमा भएको कार्यक्रममा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले स्थानीयलाई संरक्षण सम्बन्धी ज्ञान प्रदान गरेकोमा आयोजकको प्रशंसा गर्नुभयो । कार्यक्रममा राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका सयोंजक तथा संरक्षणकर्मी अपिल घिमिरेले कार्यक्रम आयोजना गरीनु बारे पुष्टि गर्दै नदी,बन र बन्यजन्तुको संरक्षणको लागी सरसफाई अनिवार्य रहेको बताउनुभयो । ५० जना स्थानीयको सहभागिता रहेको पाठशाला लाई बेलशहर मध्यवर्ती सामुदायिक वनका सचिव गिरीधारी पौडेलले सञ्चालन गर्नुभएको थियो ।