वाघ गैंडा संरक्षण पाठशालाको दोश्रो अंक सम्पन्न

Posted by

पटिहानी , फाल्गुन ५
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान ले आयोजना गरेको वाघ गैंडा संरक्षण पाठशालाको दोश्रो अंक बुधबार सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यबर्ति आसपासका स्थानियले आफन्त गुमाई रहेको सन्दर्भमा बन्यजन्तुको आनिबानी र गतिबिधि बारे जानकारी दिन पाठशाला सञ्चालनमा ल्याइएको हो । केहि महिना अगाडिमात्र स्थानिय जनुवा चौधरीको बाघको आक्रमण ज्यान गएको थियो । घास दाउरा गर्दा असुरक्षित महसुस गरेका स्थानियले पाठशाला बाट बन्यजन्तुको आनिबानी बारे जानकारी लिई आफुलाई सुरक्षित राख्न सक्ने राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका सयोंजक तथा संरक्षणकर्मी अपिल घिमिरेले बिश्वश ब्यक्त गर्नुभयो ।भरतपुर १३ स्थित क्षितामाईमा रहेको बेलशहर मध्यवर्ती सामुदायिक वनको भवनमा भएको बुधबारको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज का सूचना अधिकारी लोकेन्द्र अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि अधिकारीले बन्य जन्तु बाट जोगिन र वन्यजन्तु लाई जोगाउने बारे एबम् राहत पाउने तरिका, माग दाबी गर्ने उपाय र राहत कार्य बिधि बारे प्रशिक्षण दिनुभएको थियो । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले बन्यजन्तु संरक्षण पाठशाला चितवन राष्ट्रिय निकुञ्जका सबै मध्यवर्ति बनमा सञ्चालन गर्ने तयारी गरेको छ ।