वाणिज्य बैंक भरतपुरका कर्मचारीलाई कोरोना संक्रमण, बैंकमा जानेलाई क्वारेन्टिनमा बस्न प्रशासनको आग्रह

Posted by

चितवन, साउन २५–

चितवनमा शनिबार कोरोना पुष्टि भएका मध्ये एक जना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

बैंकको फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रजिअ भट्टराईले कर्मचारीमै कोरोना संक्रमण देखिएपछि केहीदिन यता सो बैंकमा पुगेका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् । उनले भने–‘केहि दिन यता राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा चौविसकोठीमा बैकिङ्ग कारोवारका लागि जानु भएको थियो भने केहि दिनका लागि होम क्वारेन्टिनमा बस्नुहोला र नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क राख्नुहोला ।’

चितवनमा शनिबार बालक, प्रहरी र थुनुवागरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।