वाम गठबन्धनले आज घोषणापत्र सार्वजनिक गर्दै

Posted by

कात्तिक २१
वाम गठबन्धनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ ।
गठबन्धनले काठमाडौंको तीनकुनेमा रहेको एउटा व्याङ्क्वेटमा दिउँसो १ औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफै बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजनमा सेयर जस्ता नारालाई समावेश गरिएको छ । मंसिरमा हुने चुनावलाई लक्षित गरेर तयार गरेको संयुक्त घोषणा पत्रमा यी दुई दलले नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पनि पाँच लाख रुपैयाँ पुर्‍याउने दाबी गरेका छन् । अहिले प्रतिव्यक्ति आय ८० हजार हाराहारीमा छ । अबको २५ वर्ष अर्थात २०९९ सालसम्ममा नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना अगाडि बढाउने लक्ष्य लिएको एमाले र माओवादीको घोषणापत्रमा उल्लेख छ । भारतसँग गरिएको असमान सन्धि र सम्झौताको पुनरावलोकन गर्ने प्रतिबद्धता पनि यी दुई दलले जनाएका छन् ।