वायु सेवा निगमले भित्र्यायो अर्को ‘वाइडबडी’ विमान

Posted by

साउन १०,
काठमाडौं – नेपाल वायु सेवा निगमलले अर्को ठूलो विमान विमान ‘मकालु’ काठमाडौं ल्याएको छ ।वाइड बडी ए ३३०–२०० सिरिजको विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको हो । विमानको कलसाइन ‘नाइन एन एएलजेट’ रहेको निगमले जनाएको छ । निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको वाइड बडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको थियो ।सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको १२/१२ अर्बको ऋणबाट दुई वटा विमान खरिद गरिएको निगमले जनाएको छ । २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो । निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।