विकासका लागि अाफुलाई मत दिन रामलालकाे अपिल,,,

Posted by

मसिंर ७, चितवन ।
चितवन क्षेत्र ३ (२) बाम गठबन्धन प्रदेशसभा सदस्यका साझा उमेदवार रामलाल महतोले विकासका लागि अाफुलाई मत दिन अाग्रह गर्नुभएको छ । प्रचण्ड विजय अभियान अन्तर्गत वडा न.२१ पार्वतीपुरमा घरदैलो सुभारम्भसगैकाे चुनावी सभामा उहाँले यस्तो बताउनुभएको हाे ।
माअाेवादी केन्द्रका नेता समेत रहनुभएका प्रदेश उमेदवार महताेले उत्पीडित समुदायको उत्थानका लागि पनि बाम गठबन्धनले अहिलेकाे चुनाव जित्नुपर्ने बताउनुभयो । यहाँ अनेक भ्रमहरू फैलाएको छ, त्यसमा तपाईंहरूले विचार गर्नुहाेला महत्ताेले मतदातालाई भन्नुभयो । म तपाईहरूकाे अागँनमा पहिलोपटक यसरी मत माग्न अाएकाे छु, मेरा यसअघिका काम, काममा देखिएकाे पारदर्शिताकाे मुल्याङकन गर्दै मनले खाएर मतदान गर्नुस् उहाँले भन्नुभयो । निर्वाचनको समयमा नै दुखद् घटना घटेकाे स्मरण गराउदै माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत महत्ताेले मत माग्नुभयाे ।
चर्चामा रहेकाे चितवन क्षेत्र न. ३ मा बाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उमेदवार पुर्व प्रधानमन्त्री तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रदेश सभा चितवन क्षेत्र न. ३(१) मा एमालेका कृष्ण भुर्तेल र ३ नम्बर कै २ मा रामलाल महत्ताे चुनावी घरदैलो अभियानमा छन् । पुत्र शाेकका कारण माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी अभियानमा कम देखिए पनि प्रदेश उम्मेदवार महत्ताे र भुर्तेलले नै छुट्टाछुट्टै चुनावी घरदैलो अभियानमा मत मागेका छन् ।