विदेशी मुद्रासहित एकजना पक्राउ

Posted by

काठमाडौं, वैशाख ३१ ।
महानगरीय प्रहरीले विभिन्न देशका मुद्रासहित एकजनालाई पक्राउ गरेको छ ।सोमबार दिउँसो झापाबाट काठमाडौं आउँदै गरेको ना५ख ७९३७ नम्बरको यात्रीबाहक बस नागढुंगामा चेकजाँच गर्दा ती मुद्रा फेलापरेको प्रहरीले जनाएको छ ।पक्राउपर्नेमा झापा, अर्जुनधारा गाउँपालिका–८ का दिनेश गिरी रहेका छन् । उनको साथबाट १५ लाख रुपैयाँ बराबरका विदेशी मुद्रा बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।गिरीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।