विपद व्यवस्थापन पूर्व तयारी तालिम प्रयोगात्मक तथा व्यवहारिक प्रस्तुती सहित सकियो

Posted by

रेडियो प्रभाव कात्तिक २७ , चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुकदल गणले आयोजना गरेको तीन दिने त बिपद ब्यवस्थापन पूर्व तयारी तालिम तथा प्रकृति संरक्षण सम्बन्धि सचेतना कार्यक्रम विभिन्न सैदान्तिक एवं प्रयोगात्मक प्रस्तुति सहित सकिएको छ ।
प्रस्तुतिकरणमा क्रममा बाढीमा बिपदमा परेको समयमा कसरी उद्धार गर्ने भन्ने बिषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो । स्थानीय स्तरमा पाईने घरेलु सामाग्रीहरुको प्रयोग गरि ईम्प्रोभाईज्ड रुपमा बिपद ब्यवस्थापनका सामाग्रीहरु बनाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सम्बन्धमा प्रत्यक्ष रुपमा राप्ती नदीमा प्रयोगात्मक तथा ब्यवहारिक प्रस्तुती प्रदर्शन गरिएको गणका प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

उहांँका अनुसार प्रकृति संरक्षण सम्बन्धि सचेतनामुलक नाटक प्रदर्शन गर्नुको साथै निकुञ्जको संरक्षण कार्यमा प्रयोग हुदै आएको कुकुर र ड्रोनको समेत प्रयोगात्मक प्रस्तुतिकरण गरिएको थियो । सो प्रदर्शनमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी शरद ढकाल, .निर्देशनालयका प्रमुख सेनानी सन्तोष कुमार थापा, प्रकृति संरक्षण शिक्षालयका निमित्त शिक्षाधिकृत प्रमुख सेनानी चक्र बहादुर शाह, बटुकदल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठ लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । सहभागी शिक्षार्थीहरुलाई निर्देशक ढकालले सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नु भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । यस तालिम उपलब्धीमुलक एवं फलदायी हुने उहांँले विश्वास व्यक्त गर्नुभयो ।