विप्लवको बन्दको चितवनमा पनि प्रभाब

Posted by

चितवन,साउन १५ – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माइला लामा पक्राउको बिरोधमा उक्त पार्टीले आज बन्दको आव्हान गरेको छ ।नेकपाले आज वाग्मती, नारायणी ब्युरोसहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आव्हान गरेको जनाएको छ । विद्रोही नेकपाले लामा सहितसम्पूर्ण नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गरेको छ ।जनकलाकार एवं उपत्यका ब्युरो इन्चार्ज लामालाई यहि साउन ४ गते काँडाघारीस्थित एउटा घरमा सुतिरहेको अवस्थामा प्रहरीले मध्यराति घेरा हालेर पक्राउ गरेको थियो । एनसेलमा बम बिष्फोट लगायतका मुद्धामा लामा नख्खु कारागार चलान भएका छन् ।
यसैबीच विप्लबको बन्दको प्रभाब चितवनमा पनि परेको छ ।भरतपुरबाट छुट्ने लामो दुरीका सवारी साधन छुट्न सकेका छैनन् भने चितवन भित्र कै विभिन्न स्थानमा जाने सवारी पनि चल्न सकेका छैनन् ।बिहानको समय भएकाले बिधालय खुल्छन कि खुल्दैनन् भन्ने एकिन नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बजारमा चहल-पहल पनि घटेको छ ।