विप्लवले आह्वान गरेको चितवन बन्दको प्रभाव सामान्य, कालिका ७ काे वडा कार्यालयमा आगजनी

Posted by

चितवन , ९ भाद्र सोमबार – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको चितवन बन्दको प्रभाव सामान्य परेको छ ।

जिल्लामा छोटो दुरीका सवारी साधन निर्वाध रुपमा चलिरेहका छन् भने नारायणगढ पुल्चोकबाट छुट्ने लामो दुरीका सवारी साधन पनि फाटट फुट्ट चलीरहेको हाम्रा सहकर्मी केदार र्शमाले जनाकारी दिनुभयो।बन्दका कारण शिक्षण सस्था खुल्न सकेन भने बजार तथा पसल पनि बन्द भएका छन् ।

राज्यले ज्यादाती, दमन र अत्याचार गरेको भन्दै विप्लवले आज चितवन बन्दको आह्वान गरेको हो । बिज्ञप्तीमा आन्दोलनमा सहयोग र समर्थन गर्न आग्रह गरिएको छ । राप्ती नगरपालिकाको ओहोलेवाङ्गमा जनताको प्रत्यक्ष सहभागीतामा निर्माण भईरहेको सहिद स्मृति प्रतिक्षालय भत्काएर भ्रष्ट जनप्रतिनिधीले जनतामा त्रास फैलाउने काम गरेको विप्लवले शुक्रबार निकालेको बिज्ञप्तीमा उल्लेख गरिएको थियो ।

चितवनको कालिका ७ काे वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

चितवनको कालिका नगरपालिका ७ काे वडा कार्यालयमा आगजनी भएको छ । राती अज्ञात समुहले कार्यालयमा आगजनी गरेको तर त्यस बारे बिहान मात्र थाहा भएको स्थानियले बताए ।कसले किन आगजनी गरेको भन्ने बारे भने अझै खुल्न नसकेकोकालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडीले बताए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।