विशाक्त मदिरा सेवनबाट भारतमा एकै परिवारका ६ जनाको मृत्यु

Posted by

MAY 28, 2019

जेठ, १४ ।
भारतको उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवनका कारण ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु एकै परिवारका सदस्य हुन् । यस घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएका छन् । ज्यान गुमाउने सबै पुरुष छन् । पारिवारिक श्रोतका अनुसार सबैले खाना खाइसकेपछि मदिरा सेवन गरेका थिए । मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।