विश्वकप टी-२० महिला छनोटः आज आज नेपाल र हङकङ भिड्दै

Posted by

काठमाडौं, मंसिर ५ ।
ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् ।पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन् ।थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो ।खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो ।थाई इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सरिता मगरले ११ रन खर्चेर २ तथा रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट लिए ।दुई खेलाडी रन आउट भए । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षति बिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो ।सोमबार भएका अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हराउँदा युएईले चीनलाई १६ रनले पराजित गर्‍यो ।एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउड रबिन लिगका आधारमा विश्वकप छनोट खेलिरहेका हुन् ।