विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख ४३ हजार बढी

Posted by

मंगलबार, २५ चैत, २०७६। विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ ।

मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् ।

संक्रमित मध्ये ४७ हजार बढीको अबस्था गंभीर रहेको छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ६४ हजार ८ सय ८५ जना संक्रमित छन् भने १० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको छ । स्पेनमा थप ७ सय जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ३ सय ४१ पुगेको छ ।

अर्को यूरोपेली मुलुक इटलीमा १ लाख ३२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । त्यहां थप ६ सय ३६ जनाको मृत्यु भएको छ ।

यस्तै, जर्मनीमा १ लाख ३ हजार ३ सय ७४ जना संक्रमित भएका छन् । १ हजार ८ सय १० जनाको मृत्यु भएको छ ।

फ्रान्समा कोरोना संक्रमितको संख्या ९८ हजार १० पुगेको छ । मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।

उता इरानमा संक्रमितको संख्या ६० हजार ५ सय र ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या  बढेर ५१ हजार ६ सय ८ पुगेको छ ।

५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोनाको प्रकोप बढिरहेको छ ।

त्यहा संक्रमितको संख्या ४ हजार ६ सय ८१ र मृतकको संख्या १ सय ८७ पुगेको छ ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६६ पुगेको छ । ५३ जनाको मृत्यु भएको छ ।(एजेन्सी)