विश्व मुटु दिवसको अवसरमा भरतपुरमा साइकल र्‍याली

Posted by

१३ आश्विन मंगलवार चितवन- विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनले साइकल र्याली सम्पन्न गरेको छ । ” एक सपना साईकल र सफा नेपालकाे” अभियान समेतको संयुक्त आयोजनामा “मन लगाउ, मुटु बचाउ`भन्ने नाराका साथ मंगलबार सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणघाट बसपार्कबाट सुरु भएको र्याली दियालो रोड, मेनरोड, पुलचोक, शहिदचोक, बस टर्मिनल चोक, बाईपास रोड, आपटारी हुँदै पुनः नारायणघाट बसपार्कमा पुगेर समापन गरिएको थियो ।

र्यालीमा ७८ जना साइक्लिष्टसँगै करिब ९० जनाले उपस्थिति जनाएका थिए । औपचारिक कार्यक्रममा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला सभापति नारायण सिंह कुंवर, केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश संयोजक भोजराज कौडेल, प्रदेश सचिव लिलाराज खरेल तथा एक सपना साईकल र सफा नेपालकी अभियन्ता रूक्मिणी सापकोटा घिमिरेले साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरेका गर्नु भयो ।

This image has an empty alt attribute; its file name is 120262132_357736635372300_2528664171508024024_n.jpg

साईकल र्यालीमा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला उपाध्यक्ष अशोक अधिकारी तथा रेशमलाल श्रेष्ठ, सहसचिव कृष्ण तिवारी तथा सदस्यहरू गोविन्द पाण्डे र कमल श्रेष्ठको पनि उपस्तिथि रहेको थियो । र्यालीका सहभागीहरूलाई एक सपना साईकल र सफा नेपाल अभियान तथा नेपाल हृदयरोग प्रतिष्ठानले ूमुटु बचाउू भन्ने नारा अंकित टि-सर्ट निःशूल्क उपलब्ध गराएको थियो भने नारायणगढ बसपार्क टोल सुधार समिति तथा सुमन मिनरल वाटरले पिउने पानीको व्यवस्था गरेका थिए ।

हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाउने गरिन्छ ।