वेलशहर गंगानगरमा ताल सफा गरी सिमसार दिवस मनाइयो

Posted by

माघ २१, गंगानगर
हरेक बर्षको फेब्रुवरी २ मा मनाइने विश्व सिमसार दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै विच चितवनको गंगानगर बेलशहरमा पर्ने ताल सफा गरी यहाँ सिमसार दिवस मनाइएको हो। जनस्तर बाट यहाँ संरक्षणका बिबिध कार्यक्रम हरु संचालन गरिँदै आइएको छ। मंगलबार सम्पन्न ताल सरसफाइ कार्यक्रम राप्ती तटीय क्षेत्र सरसफाई अभियान, राप्ती टोल विकास संस्था र स्थानीय रेष्टुरेन्ट सञ्चालक हरुको उपस्थिति रहेको थियो। पृथ्वी को मृगौला मानिने सिमसार क्षेत्र मासिदै गएकोले संरक्षण र सचेतना जगाउने कार्यक्रम गर्नु जरुरी रहेको संरक्षण कर्मी अपिल घिमिरेले वताए।धेरै जसो कार्यक्रमहरु तारे होटल र गोष्ठी मा सिमित हुने गरेको साथै संरक्षण कागजमा मात्र हुने गरेको कार्यक्रममा उपस्थित हरुले गुनासो गरे।
ताल, पोखरी सुक्दै जाँदा वन्य जन्तु, पंछी र बोट विरुवा लाई प्रत्यक्ष असर पार्ने भएकोले सिमसार क्षेत्र जोगाउनु आवश्यक रहेको उनिहरुको भनाई छ।