वेष्ट इन्डिज विरुद्धको क्रिकेट श्रृंखलामा भारतको क्लिन–स्विप

Posted by

बुधबार, २२ साउन, २०७६ काठमाडौं । वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ ।

गएराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिनस्विप गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो ।

उसका लागि कायरन पोलार्डले सर्वाधिक ५८ रन जोडे । बलिङतर्फ भारतका दिपक चाहरले तीन विकेट लिए ।

जवाफमा १ सय ४७ रनको लक्ष्य भारतले १९ ओभर एक बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा रिसभ पन्तको ६५ रन तथा विराट कोहलीको ५९ रन महत्वपूर्ण रह्यो ।

जितसँगै भारतले क्यारेबियन भूमीमा खेलिएका तिनवटै टि–ट्वेन्टी खेल जित्दै श्रृंखला क्लिनस्विप गरेको हो ।