शनिबार थपिए कोरोनाका पाँच सय ५४ संक्रमित

Posted by

काठमाडौं, असार १३ – शनिबार कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अब संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।