शनिवार चितवनका विभिन्न भागमा विद्युत अवरुद्ध हुने

Posted by

 

sharethis sharing button

चितवन, शुक्रबार, असोज ८ : चितवनमा विभिन्न भागमा आगामी शनिवार विद्युत अवरुद्ध हुने भएको छ । पुलचोकदेखि गोन्द्राङसम्म सडक विस्तार कार्यको लागि विद्युत संरचना सार्नपर्ने भएकाले शनिवार दिउँसो विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर विनोद सापकोटाका अनुसार, चनौली सव स्टेशनबाट सञ्चालित माडी, मेघौली देखि शिवघाटसम्म,  गितानगर, रामपुर पटिहानी, जगतपुर र टाँडी वितरण केन्द्रका केही भागहरुमा विद्युत अवरुद्ध हुनेछ ।

शनिवार विहान १० देखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने उहाँले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *