श्री माध्यमिक विद्यालय गंगानगरको चार कोठाको भवन शिलन्यास, नयाँ भवन उद्धघाटन

Posted by

भरतपुर, बिहिवार असोज १-

भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको श्री माध्यमिक विद्यालय गंगानगरको निमार्ण सम्पन्न भवन उद्धघाटन तथा नयाँ बन्ने चार कोठाको भवन शिलन्यास गरिएको छ । साविक जिल्ला शिक्षा कार्यालय भरतपुरको प्राविधिक तथा आर्थिक सहयोगमा निर्मित  भवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्धघाटन गर्नु भएको हो । सो समारोहमा विद्यालयले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) चितवनको प्राविधिक तथा आर्थिक अनुदानमा निमार्ण सम्पन्न गरेको आधुनिक शैचालयको समेत उद्धघाटन गरेको छ। यी संरचनाहरु अपाङ्ग मैत्री छन् ।

आधुनिक शैचालय
 आधुनिक शैचालय

विद्यालयका प्रचार्य श्रीराम देवकोटाका अनुसार भवन ३२ लाख सहयोग सहित आन्तरीक स्रोत व्यस्थापन गरी ५६ लाखमा उक्त दुई तले भवन निमार्ण सम्पन गरिएको हो । उहाँका अनुसार आधुनिक शौचालय १४ लाख बढिको लगानीमा निमार्ण सम्पनन भएको थियो ।

यस्तै विहिबार नै विद्यालयले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) चितवनको प्राविधिक तथा अर्थिक अनुदानमा बन्ने चार कोठे भवनको शिलन्यास गरेको छ । उक्त भवन निमार्ण सम्पन्न गर्न ६६ लाख लाग्ने अनुमान गरीएको छ । देवकोटाका अनुसार यो भवन आउँदो शैक्षिक सत्र सम्म निमार्ण सम्पन्न हुनेछ ।

भवनको शिलन्यास
भवनको शिलन्यास

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयका संरचनाले पनि प्रभाव पार्ने हुर्दा विद्यार्थी मैत्री संरचनाहरुलाई पनि विद्यालयले जोड् दिएको बताउनु भयो । उहाँले भन्नु भयो – संरचना पुरानो हुदा शिक्षक, विद्यार्थीलाई मानसिक रुपमा प्रभाव पर्छ जसले पठनपाठजमा पनि प्रभाव देखिन्थ्यो । हामीले निमार्ण गरेका नयाँ संरचनाहरु अब विद्यार्थी मैत्री भएका छन् । जसले सिकाईमा पनि सहजता ल्याउँछ ।

कार्यक्रमको प्रमुख अतिथि रेनु दाहालले महानगर भित्रका विद्यालय लाई आवश्य पर्ने योजना, निति र लगानीमा कुनै कमी नगर्ने बताउदै स्थानीय, शिक्षक र व्यवस्थापन टिमलाई गुणस्तरमा ध्यान दिन अनुरोध गनर्् भयो । उहाँले भन्नु भयो – सामुदायीक विद्यालयलाई शिक्षाको क्षेत्रमा अगाडी ल्याउनका महानगरले सक्दो सहयोग गर्छ तर शिक्षाको गुणस्तरमा तपाईहरुले ध्यान दिनुपर्छ ।
कार्यक्रममा जनप्रतिनिधिहरु , व्यवस्थपन समिति सदस्य, विद्यार्थी, अभिभाव लगायतको उपस्थिती रहेको थियो । यो विद्यालय २०२४ सालमा स्थापना भएको विद्यालय हो ।

निर्मित  भवन र शौचालय