सजिलाे बचत तथा ऋण सहकारि संस्थाद्वारा संचालित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Posted by


सुदिप देवकोटा
२०७६ असार ११, पार्वतिपुर चितवन
सजिलाे बचत तथा ऋण सहकारि संस्था लि भरतपुर-२३,कृष्णचाेकले अन्तर मा.वि. स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। संस्थाको ८ अाैं स्थापना दिवसकाे अवसरमा प्रतियोगिताको आयोजन गरिएको हो । भरतपुरमहानगर भित्रका २१,२२,२३,२४ र २५ वडामा रहेका ९ वटा विद्यालयहरु बिचमा “सामाजिक रुपान्तरणमा सहकारिका काे भुमिका “शीर्षकमा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा मदरल्याण्ड अा.मा.वि. भरतपुर -२५ का छात्रा दिया थापा मगर प्रथम, अन्नपूर्ण मा.वि. का छात्रा अाकृति सापकाेटा द्वितीय, प्रभात मा.वि का छात्रा अारति सापकाेटा त्रितिय र ब्लुबर्ड अा.मा.वि का छात्र नितेश पाैडेलले सान्त्वना स्थान हासिल गरेका छन। जिल्ला सहकारि संघ चितवनका अध्यक्ष टिकाराम भट्टराई प्रमुख अतिथि रहनु भएको कार्यक्रम सो संस्थाका उपाध्यक्ष श्री देविलाल गाैतमकाे सभापति ्त्मा भएकाे थियाे । उक्त कार्यक्रमको सन्चालन तथा संयाेजन सो सस्थाका संस्था विकास उपसिमिति संयाेजक श्री युवराज गिरिले गर्नु भएकाे थियाे। प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरुलाई नगदसहित प्रशंसापत्र र मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।