सजिलो बचत तथा ऋण सहकारीको १० औँ बार्षिक साधारण सभा सम्पन्न

Posted by

रेडियो प्रभाव,कात्तिक ३

भरतपुर २३ कृष्ण चोकमा अबस्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले कोभीड १९ को महामारीलाई ध्यानमा राखेर असोज २२, २३ र २४ गते इकाई साधारणसभा र आज बुधबार प्रतिनिधिमूलक साधारण सभा गरेको हो ।कोभीड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको सहकारी सस्थाँको साधारण सभा कार्यव्याबस्था निर्देशिका २०७७ अनुरुप संस्थाले साधारण सभा गरेको अध्यक्ष मिन बहादुर परीयारले बताउनुभयो ।संस्थाका अध्यक्ष परीयारले आफ्ना सदस्यहरुलाई नम्बरको आधारमा बिभाजन गरी इकाइ साधारण सभा सम्पन्न गरेको जानकारी दिनुभयो। उक्त इकाइ साधारणसभाबाट सर्वसम्मत छानिएका प्रतिनिधीहरुको सहभागितामा अन्तिम साधारण सभा सम्पन्न गरिएको अध्यक्ष परीयारको भनाई थियो । बुधबार सम्पन्न प्रतिनिधिमूलक साधारण सभामा सचिब लिलानाथ न्यौपानेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनोज पुडासैनिको आर्थिक प्रतिवेदन प्रस्तुत गरीएको थियो। साधारण सभाको अवसरमा असल बचतकर्ता, असल ऋणि,असल कर्मचारी, असल सञ्चालक, २०७७ को एसईई परीक्षामा उत्कृष्ट अकं ल्याउने सदस्यका छोराछोरी लगाएतलाई सम्मान गरीएको छ । २०७७ को एसईई परीक्षामा उत्कृष्ट अकं ल्याउने सामुदायिक बिधालयतर्फ छात्र अश्विन सापकोटा र छात्रा सोनि रामदाम तथा सस्थाँगत बिधालयतर्फ छात्र सफल सापकोटा र छात्रा प्रकृति पुडासैनि सम्मानित भएका छन् । यस्तै असल कर्मचारीमा बुधेश वाइबा तथा असल सञ्चालकमा टिकाराम कुवर सम्मानित भएका हुन् । सस्थाँका अध्यक्ष मिन बहादुर परीयारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी सघंका लेखा सयोंजक नवराज सापकोटा, भरतपुर २३ का वडाध्यक्ष नरी नारायण पौडेल, भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी, सस्थाका सस्थापक अध्यक्ष तोयनाथ पौडेल, सस्थाका पुर्व अध्यक्ष कृष्ण श्याम गिरी लगाएतको उपस्थिति रहेको थियो ।उपाध्यक्ष देबिलाल गौतमको स्वगत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब ललानाथ न्यौपानेले गर्नुभएको थियो ।