सजिलो बचत तथा ऋण सहकारीको एकाई साधारण सभा आजबाट सुरु

Posted by

मङसिर २३, चितवन
सजिलो बचत तथा ऋण सहकारी सस्थाँ भरतपुर-२३, कृष्णचोकको नौं वार्षिक साधारण सभा आजबाट सुरु भएको छ ।विश्वब्यापी रुपमा फैलिरहेको कोभिड-१९ को समुदायमा पर्ने जोखिमको मध्यनजर गर्दै सहकारीले साधारण सभा सुरु गरेको हो । सस्थाँका सम्पुर्ण शेयर सदस्यहरुलाई सदस्याताका आधारमा निमन्त्रणा गरी एकाई साधारण सभा गरीएको छ । आज पहिलो एकाई भेला अन्तरगत सस्थाँका २६० जना सदस्यहरु लाई निमन्त्रणा गरीएको हो । आज सदस्य नं ००१ देखि २६० सम्मका सदस्य हरुले उपस्थिति जनाएका थिए ।
सहकारीको नौं वार्षिक साधारण सभाको पहिलो एकाई भेला सस्थाका अध्यक्ष मीन बहादुर परियार को सभापतित्वमा सम्पन्न भएको हो । सहकारीको प्रङगणमा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तोयनाथ पौडेलले पानसमा दिप प्रज्जलन गरि कार्यक्रमको शुरुवात गर्नु भएको थियो ।