सजिलो बचत तथा ऋण सहकारी संस्था १० औँ बर्षमा प्रवेश

Posted by

असार १२, जगतपुर
भरतपुर २३ ,कृष्णचोक मा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थाँपना दिवश शुक्रबार साझँ दिपावलि कार्यक्रम गरी मनाएको छ । संस्था ९ औँ बर्ष पार गरी १० औँ बर्षमा प्रवेश गरेको हो । यसै उपलक्ष्यमा शुक्रबार बेलुका दिपावलि कार्यक्रममा सस्थाका अध्यक्ष मिन बहादुर परीयारले ले संस्था स्थापनाले समग्र यस क्षेत्रको आर्थिक अवस्था वृद्दि भएको बताउनुभयो । संस्थामा हाल २० करोड भन्दा माथिको वासलत रहेको र १६७० भन्दा माथि शेयर सदस्य भएको अध्यक्ष परीयारले जानकारी गराउनु भयो । साथै उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तोयनाथ पौडेलले संस्था आफुहरूले जुन सोचले स्थापना गरीएको हो सो तर्फ प्रगितिमा लम्केकोमा सम्पुर्ण शेयर सदस्य ,शुभ चिन्तक तथा स्थानिय लार्इ शुभकामना प्रदान गर्नु भयो । उक्त कार्यक्रम संस्थाका सचिव लिलानाथ न्यौपाने ले संचालन गनू भएको थियो र संचालन समिति, लेखा समिति तथा उपसिमितहरूको उपस्थित रहेको थियो ।