सञ्चारकर्मी एवम् गाएक वसन्त बरालको तिज गित “आउ न बस न” सार्वजनिक गायिका सम्झना भण्डारीले बसन्तलाई आउ न बस भनेपछि गित थप रोमाञ्चक

Posted by

सुनिल पराजुली/सुदिप देवकोटा-
नेपाली महिलाहरुको महान चाड हरितालीका तिज नजिकिए सगै सञ्चारकर्मी एवम् गाएक वसन्त बरालको तिज गित “आउ न बस न” सार्वजनिक भएको छ । शिव फिल्म प्रा.लि द्धारा बजारमा आएको गितमा सन्तोष बरालको शब्द सङकलन रहेको छ भने चर्चित लोकदोहोरी गायक प्रतिप त्रिपाठीको लय सङकलन रहेको छ । यस गित चर्चित लोकदोहोरी गायिका सम्झना भण्डारी र बसन्त बरालको कर्णप्रिय आवाजमा सजिएको छ । गायिका भण्डारीले बसन्तलाई “आउ न बस न” भनेपछि गित झनै रोमाञ्चक भएको गाएक बसन्तले बताएका छन । निकै रोमाञ्चक बाजा र छमछमी नाच्न मिल्ने खालको गित भएकोले यो गितले बिशेष गरी नेपाली महिलाको मन लोब्याएको छ । पहिलो चोटी तिज गित मार्फत बजारमा भित्रिएका बसन्त छोटो समयमा सबै नेपालीको मनमा बस्न सफल भएका छन र निरन्तर गायन क्षेत्रमा लाग्ने पनि बताएका छन ।