सडक पिचको सट्टा ढलान गदै राप्ती नगर

Posted by

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिकाले सडक पूर्वधार निमार्णमा सडक पिच भन्दा ढलान तर्फ जोड दिएको छ ।
पिच भन्दा ढलान अलि बढी उपयोगी देखिएपछि पिच भन्दा ढलानमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईले जानकारी दिए ।
यो क्षेत्रको तल्लो भाग तराईमा पर्ने भएको पिच नखपेपछि ढलान तर्फ उपभोक्ताहरूले नै माग गरेपछि ढलान प्रथामिकतामा परेको उनले स्पष्ट पारे ।
लामो समय ढलान टिक्ने र पिच ढुब्दा भने उप्कीने समस्याले गर्दा ढलान उपयोगी भएको ढलान समितिका हरि ओझाले बताए ।

यतिवेला राप्ती नगरमा २० ८० को अवधारणा अनुसार १७ वटा सडक ढलानका योजनाका काम भईरहको छ ।
भने स्थानिय जनताको मागलाई मध्ये नजर गदै ३ दिनको समयमा १ करोड १६ लाख जम्मा गरिसकेकोले नगर समेत थप गरि ५ करोडको ८० लाख योजना अगाडि सारेको मेयर प्रभा बरालले बताईन् ।
जसले गर्दा यहाँ धमाधम सडक ढलान भईरहेको छ । ६ मिटर चौडाई सहित यतिवेला ५ किलोमिटरको काम ढलानको भएको उनले बताईन् ।