सत्तारुढ दल नेकपा देशव्यापी जागरण अभियानको तयारीमा

Posted by

काठमाडौं, असार १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी रुपमा जागरण अभियान सुरु गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले धेरै महत्वपूर्ण र प्रभावकारी कार्य गरेको भन्दै ती कार्य जनस्तर र कार्यकर्तासमक्ष सञ्चार गराउन नेकपाले जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीले केन्द्रदेखि गाउँसम्म जागरण अभियान सञ्चालन गर्ने बताए ।