सत्यम स्कुलले जिल्ला स्तरीय कराँते प्रतियोगिता गर्ने

Posted by

 २०७६, ४ पुष शुक्रबार- आगामी मंगलबार र बुधबार भरतपुरमा प्रथम सत्यम स्कुल चितवन जिल्ला स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । भरतपुर ८ गौरीगञ्जमा रहेको सत्यम स्कुलले पुसको ७ र ८ गते विद्यालय परिसरमा नै कराँते प्रतियोगिता गर्न लागेको हो ।
विभिन्न तौल समूहबीच हुने प्रतियोगितामा दक्ष र अनुभवी प्रशिक्षकहरुको सहभागिता रहने विद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विद्यालयका प्रिन्सिपल परशुराम पौडेलले आफ्नो विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु गरिने भएकाले आगामी साता कराँते प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
सो प्रतियोगितामा चितवनका सामुदायिक र संस्थागतगरि १४ भन्दा बढी विद्यालयका खेलाडीहरुको सहभागिता रहने पौडेलले बताए । विद्यार्थीहरुको बौद्धिक विकासका साथै शारीरिक तथा मानसिक विकासका लागि समेत खेलकुद अपरिहार्य भएकाले जिल्लास्तरीय कराँते प्रतियोगिताको आयोजना गरिएको पौडेलको भनाइ छ ।
खेलले विद्यार्थीलाई अनुशासन, मर्यादा, आपसी समझदारी र भाइचाराको सम्बन्ध बनाइ राख्न सहयोग पु¥याउने भएकाले जिल्लास्तरीय प्रतियोगिता गर्न अभिप्रेरित भएको पौडेलको भनाइ छ । विद्यालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा माध्यमिक तहको स्वास्थ्य तथासंख्या तथा वातावरण विषयका प्रमुख पङ्कज रेग्मीले विद्यालयले पढाउने विषयवस्तुको बारेमा जानकारी गराएका थिए । विद्यालयले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानमार्फत शिक्षित बनाउने उद्धेश्यका साथ पठनपाठन सुरु गरेको रेग्मीले बताए ।
हाल सो विद्यालयमा ५६ जना विद्यार्थी अध्ययनरत छन् । सो कराँते प्रतियोगितामा सहभागिता जनाउनका लागि विद्यालयहरुलाई पत्रकार सम्मेलनमार्फत आह्वान समेत गरिएको छ ।