सत्र किलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Posted by

चितवन, २ असोज
नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (शुक्रबार) बिहान ५ः४० बजेको समयमा पहिरो खस्दा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागी टोली र डोजर सत्र किलोमा पुगेर काम सुरु भइसकेको जनाइएको छ ।

त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमै पर्ने घुमाउने भन्ने ठाँउमा पनि पहिरोे खसेको खबर आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पानी परिरहेकाले पहिले सत्र किलोमा पहिरो पन्छाएर घुमाउनेमा जाने तयारी भइरहेको  छ ।