सप्तरीको गौरामा घाँटी रेटेर श्रीमतिको हत्या

Posted by

२८ कात्तिक, सप्तरी ।
एक जनाले श्रीमतिको हत्या गरेका छन् । जिल्लाको बोदेबरसाइन नगरपालिका-३ गौराका ४० वर्षे जयप्रकाश यादवले श्रीमतिको घाटी रेटेर हत्या गरेका हुन् ।यादवले मंगलबार खेतमा आफूसँगै धान काट्न गएकी श्रीमति ललितादेवीको घाटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेबरसाइनल जनाएको छ ।यादवले धान काट्न प्रयोग गरिएको हँसियाले नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन् ।यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । घटनाको खास कारण के हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।श्रीमान श्रीमतिबीच केही दिन अगाडि पारिवारिक कलह भएको बुझिएको छ ।