समाजबादी पाटीको भातृ सङगठनको आयोजनामा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न

Posted by

चितवन, असार १३, शनिबार –

समाजबादी पाटीको भाातृ सङगठन युवा सङघ र बिद्यार्थी यूनियनको संयुक्त आयोजनमा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला रगत अभाबको अवस्थालाई मध्यनजर गरि दुई सङगठनले रक्तदानको आयोजना गरेको हो । बिरेन्द्र बहुमुखी क्याम्पससको प्राङगढमा भएको कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन ।

सो कार्यक्रम समाजबादी बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष अनुज जोशीको सभापतित्वमा भएको हो भने कार्यक्रम संयोक भरतपुर महानगर युवा कमिटिका अध्यक्ष शङकर सुनार रहनुभएको थियो । युबा सङघका जिल्ला अध्यक्ष प्रदीप रेग्मीले रक्तदान गरेर सो कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा समाजवादी पाटीका केन्द्रीय सदस्य एवम रास्ट्रिय मामिला बिभागका संयोजक बिनोद कुमार गुरुङ , केन्द्रीय सल्लाहकार सदस्य पदम गुरुङ,पाटीका जिल्ला अध्यक्ष प्रेम भुजेल, पाटीका जिल्ला उपाध्यक्ष यदु भट्ट , पाटीका जिल्ला सचिव बिनोद शर्मा , जिल्ला सदस्य बिष्णु न्यौपानेको उपस्थिति रहेको थियो ।

त्यसैगरी युवा सङघका जिल्ला उपाध्यक्ष अश्विन वस्ताकोटी, युवा कमिटी महानगरका अध्यक्ष शङकर सुनार, युवा कमिटीका जिल्ला ईन्चार्ज सुशील श्रेष्ठ , बिद्यार्थी जिल्ला उपाध्यक्ष राजिप डङगोल, महिला सङघको केन्द्रीय सदस्य एवम जिल्ला उपाध्यक्ष सरस्वती बर्देवा, महिला केन्द्रीय सदस्य अनु श्रेष्ठ, पूर्व युबा सङघका केन्द्रीय सचिवालय सदस्य यज्ञकुमार पाण्डे लगायतको उपस्थिति रहेको थियो ।