सहयोग रकम हस्तानतरण गर्नुहुदै समाजसेवी बिजय बहादुर घले

समाजसेवी बिजय बहादुर घलेद्धारा सक्रिय जेष्ठ नागरीक समाज र लिलफुङग् घले समाजको भवन निमार्ण सहयोगार्थ एक लाख प्रन्ध्र हजार रुपैँया हस्तान्तरण

Posted by

फाल्गुन २,पार्बतीपुर
सक्रिय जेष्ठ नागरीक समाज भरतपुर २१ पार्वतीपुरको तथा भरतपुर २० , भिमनगरमा निमार्ण हुन लागेको लिलफुङग् घले समाजको भवन निमार्ण र जग्गा खरिदकोका लागि प्रभाव मिडिया प्रा.लि. का अध्यक्ष,युवा व्यावसायी एवम् समाजसेवी बिजय बहादुर घले ले नगत रु १,१५,००० अक्षेरुपी एक लाख प्रन्ध्र हजार रुपैँया सहयोग गर्नुभएको छ । समाजसेवी घले ले सक्रिय जेष्ठ नागरीक समाजको भवन निमार्णको लागि रु ६०,००० अक्षेरुपी साठी हजार रुपैँया र लिलफुङग् घले समाजको लागि नगत रु ५५,००० अक्षेरुपी पचपन्न हजार रुपैँया सहयोग गर्नुभएको हो । आईतबार सक्रिय जेष्ठ नागरीक समाज भरतपुर २१ पार्वतीपुरका सस्थाँका सदस्याहरुको उपस्थितिमा कार्यवाहक अध्यक्ष तथा सस्थाँका उपाध्याक्ष बामदेव बराल लाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

यस्तै लिलफुङग् घले समाजको भवन निमार्ण र जग्गा खरिदकोका लागि समाजसेवी बिजय बहादुर घले ले समाजका अध्यक्ष हितमान घले र उपाध्यक्ष बुद्धि बहादुर घलेलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । सहयोग रकम हस्तान्तरण पछि संक्षिप्त प्रतिक्रिया दिदै समाजसेवी घलेले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरीएको बताउनुभयो ।