सर्वेश्वर साकोसमा लोकप्रिय मतका साथ युवराज को नेतृत्व

Posted by


अपिल घिमिरे,
चितवन, १० कार्तिक,
सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था भरतपुर २२ पटिहानि टाउनको अधिवेशन बाट युवराज क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् ।सर्वसम्मत को प्रयास गरिए पनि आकांक्षीका कारण निर्वाचनमा जानु परेको थियो । सचिव, सहसचिव , कोषाध्यक्ष र लेखा संयोजकमा भने सहमति जुटेको थियो ।
राजनीतिक दलहरूले चुनावी प्रकृया लाई वातावरण तयार पारे पछि प्यानल बनेको स्थानीयले बताएका छन् । लेखा समितिमा तीन र कार्य समिति ११ गरि कुल १४ सदस्य मध्ये निर्विरोध बाहेकका पदहरूमा चुनाव भएको हो।


९०० शेयर सदस्य मध्ये ७२६ ले मतदान गरेका थिए । जसबाट नेपाली कांग्रेसका युवराज क्षेत्रीको प्यानलले बामपन्थी र राप्रपा गठबन्धनका यम प्रसाद लामिछानेको प्यानल लाई फराकिलो मत ले पराजित गरेको छ। ६ वटा सदस्य मा भने कांग्रेस ले ४ जना मात्र उम्मेदवारी दिएको थियो। उपाध्यक्ष, ४ सदस्य र एक जना लेखा सदस्य काङ्ग्रेस को पोल्टामा गएको छ।
चुनाव गर्नु राम्रो थिएन अध्यक्ष हरिश्चन्द्र सुवेदी
सहकारी ले सहकार्यता सहअस्तित्व, स्वभिमानलाई स्वीकार गर्छ त्यो अबस्थामा राजनीतिक रूपमा जातको लिङ्गको आधारमा भेदभाव हुदैन भन्ने सहकारी मान्यता रहेको तर चुनावले सहकारी लाई गतिशिल अवस्थामा नपुर्याउने र यसले,राम्रो परिणाम नदिने जिल्ला वचत तथा ऋण सहकारी संघका सहकारी संघ का अध्यक्ष हरिश्चन्द्र सुवेदीले बताउनुभयो । अभियान्ताहरू चुनावको बिरुद्ध मा हुनु पर्छ,आगामी दिनमा सहमतिमा अगाडि बढाउने वातावरण निर्माण गर्न लागिपर्ने समेत बताउनुभयो ।
निर्वाचित भएपछि युवराज ले यसो भने


सर्बेशोर साकोसको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित गर्नुहुने सम्पूर्ण शेयर सदस्य ज्यु हरुप्रती अभार व्यक्त गर्दछु। हजुरहरुको म प्रतिको बिस्वासमा कहिल्यै कमि आउन दिने छैन भन्ने बाचा गर्दछु।