सहिद स्मारक ए डिभिजन लिगमा आज ३ खेल

Posted by

२०७६, १ फाल्गुन बिहीबार –

सहिद स्मारक ए डिभिजन लिगका अन्तिम चरणका खेल आजबाट सुरु हुदैछन् । अन्तिम चरणको पहिलो दिन तीन खेल हुनेछ । पहिलो खेलमा पुलिस र फ्रेन्ड्स, दोस्रोमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रेलिगेशनमा पर्ने अन्तिम एक टोलीको टुङ्गो लागिसकेको छ । सरस्वती अर्को सिजनका लागि बी डिभिजनमा घटुवा हुने पक्का भएको छ ।लिग विजेताको टुङ्गो भने मछिन्द्र र आर्मीबीचको अन्तिम खेलले लगाउनेछ ।

एपीएफ ८ अंक सहित तालिकाको १३ औं स्थानमा रहँदा समान अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ । संकटा १५ अंक सहित नवौं स्थानमा छ । चार अंक जोडेको सरस्वती तालिकाको पुछारमा छ ।