साउदी अरेबियालाई लेबनानको प्रश्न, ‘हाम्रा प्रधानमन्त्रीको अवस्था के छ ?’

Posted by

कात्तिक २६ –
लेबनानका राष्ट्रपति मिसेल आउनले प्रधानमन्त्री साद अल–हरिरीको अवस्थाका बारेमा जानकारी दिन साउदी अरेबियासँग आग्रह गर्नुभएको छ । लेबनानका प्रधानमन्त्री अल–हरिरीले गएको शनिबार रियादको एक टेलिभिजनमार्फत आफूले राजीनामा दिएको घोषणा गर्नुभएको थियो । राष्ट्रपति आउनले हप्तादिन भइसक्दा पनि राजीनामा स्वीकार गर्नुभएको छैन । इरान तथा उसको साथमा रहँदै आएको लेबनानको शक्तिशाली शिया अभियानका नेताले साउदी अरेबियाले लेबनानी प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारेको र उहाँलाई बन्धक बनाएर राखेको तथा लेबनान विरुद्धको युद्धको घोषणा गरेको आरोप लगाएका छन् । हेजबुल्लाह नेता हसन नर्सलाहले शुक्रबार साउदी अरेबियाले इजरायललाई लेबनान विरुद्ध उक्साएको आरोप पनि लगाउनु भएको हो । हेजबुल्लाह नेता नर्सलाले साउदी अरेबियाले अल–हरिरीलाई उहाँको इच्छा विपरित आफ्नो देशमा राखिरहेको बताउनुभएको छ । हेजबुल्लाह शिया अभियान निकै शक्तिशाली मानिँदै आएको छ र यसको यसलाई इरानको साथ रहेको छ ।