सागको पाँचौं दिन आज १७ खेल हुने

Posted by

काठमाडौं, मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज पाँच नयाँ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् भने बाँकी १२ खेलका भिडन्तहरु जारी रहनेछन् । सागमा आज आर्चरी, बास्केटबल, पौडी, बिच भलिबल र भारत्तोलनका खेलहरु सुरु हुँदैछन् ।

यी बाहेक एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, र उसुको प्रतिस्पर्धा आज पनि जारी रहनेछ ।

ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने अन्य खेलहरु काठमाडौंमा हुनेछन् ।