साबिक विजेता एपीएफको लज्जास्पद प्रदर्शन, ४१ रनमै प्याक

Posted by

जेठ २३, २०७६ काठमाडाैं : प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा साबिक विजेता सशस्त्र प्रहरीको एपीएफले लज्जास्पद प्रदर्शन गरेको छ।  शरद भेषावकर नेतृत्वको टोलीका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। सेमिफाइनलमा नेपाल प्रहरीसँग एपीएफले २२ ओभर १ बलमा पुरै विकेट गुमाउँदै ४१ रन बनायो।   ओपनर शरद भेषावकर र पृथु बास्कोटा ७/७ रन नै सर्वाधिक रह्यो। त्यस्तै सन्दीप जोरा ५, आरिफ सेख, प्रदीप ऐरी, सुमित महर्जन र दिनेश रावत २/२ रनमा आउट भए। टस जितेर बलिङ गरेको नेपाल प्रहरीका ललितसिंह राजभण्डारीले चार र सागर ढकाल र कुशल भुर्तेलले समान ३/३ विकेट लिए।