सामाखुसीमा आगलागी

Posted by

आइतवार, असार १, २०७६ 

काठमाडौं, असार १ । काठमाडौंको सामाखुसीमा आइतबार राती भीषण आगलागी भएको छ । टोखा नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकैको व्यापारिक टहरोमा आगलागी भएको हो ।

आगलागीबाट अहिलेसम्म टहरोमा सञ्चालित एक दर्जन भन्दा बढी सटरहरु जलेर नष्ट भएको महानगरीय प्रहरी प्रभाग बसपार्कले जनाएको छ ।

अहिले दमकल आईसकेको र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।